बिएल संवाददाता
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस र एमाले मात्रै मिलेर मात्रै संविधान संसोधन गर्न नहुने धारणा राखेका छन्।
महाधिवेशनको तयारीका लागि देश दौडाहामा रहेका नेता कोइराला शनिबार नेपालगन्ज आईपुगेका थिए। कांग्रेसको राप्ती साोनारी गाउँपालिकास्तरीय सम्मेलनलाई आइतबार डा.कोइरालाले उ्घाटन गरे।
नेता कोइरालाले एमाले मुख्य प्रतिष्पर्धी दल भएकाले प्रतिष्पर्धी दल र कांग्रेस मिलेर अघि बढ्दा निरकुंशता जन्मिने सम्भावना रहेको बताए।
उनले भने, ‘संविधान सबैको हो,त्यसैले संशोधन गर्दा पनि अधिकतम सहमति कायम गर्नुपर्छ।’
बाँकेमा कांग्रेस इतरको कस्तो छ अवस्था?
बाँके कांग्रेसको संस्थापन इतर समुहको नेतृत्व नारायणप्रसाद गौडेलले गरेका छन्। शनिबार नेपालगन्जमा कांग्रेस नेता तथा कार्यकर्ताहरूले गरेको स्वागतबाट डा.कोइराला उत्साहित देखिएका छन्।
बाँकेमा संस्थापन पक्षभित्र र इतर पक्षमा पनि एकरुपता देखिँदैन। बाँके कांग्रेसमा संस्थापनतर्फ सहमहामन्त्री किशोर सिंह राठौर र हमाल परिवारको तिक्तता छ। समुहको तिव्र ध्रुवीकरणका बीच महामन्त्री गगनकुमार थापा पक्षसमेत सक्रिय छ। त्यसैगरी डा.शंशाक कोइराला पक्षधरहरूको समेत भूमिका देखिन्छ।
कार्यकर्ता भेटघाटका लागि स्थानीय एक होटलमा कांग्रेसका केन्द्रीय सदस्य मैकुलालाल वाल्मिकी, कांग्रेस बाँकेका पूर्व सभापति गजेन्द्र हमाल,पूर्व प्रदेशमन्त्री सुरेन्द्र हमाल सहितका नेताहरूले भेटेर आगामी महाधिवेशनमा कसरी सहकार्य गरेर जाने भन्ने विषयमा छलफल गरेका थिए। प्रदेश सभा सदस्य बादशाह कुर्मी र कांग्रेस क्षेत्र नं. ३ का सभापति नक्की खाँसहितका संस्थापन पक्षीय नेताहरूसमेत सहभागी थिए।
कांग्रेस पूर्वसभापति स्व.सुशील कोइरालाको गृह जिल्लासमेत रहेको बाँकेमा संस्थापन पक्ष र इतर पक्षको तिव्र ध्रुवीकरण छ।
कांग्रेस लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुसाल भन्छन, ‘पार्टी सिद्धान्तत: अगाडी बढाउने विषयमा डा.कोइराला उपयुक्त पात्र हुन सक्छन्।’
आइतबार कांग्रेस बाँकेको पार्टी कार्यालयमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै नेता डा.कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरूले सबै तहका सरकारका कामको लेखजोखा गरेर मुल्यांकन गर्न अपिल गरेका छन्।
व्यक्ति बलियो नभइ संस्था बलियो बनाउनु पर्ने धारणा राख्दै महाधिवेशन केन्द्रीत देश दौडाहामा रहेका डा.शेखर कोइरालाले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताईरहेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया