बिएल संवाददाता
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार दुईपटक ढल्ने बताएका छन्।
धरानमा आयोजित विजनेस एक्स्पोको शनिबार समापन गर्दै उनले विपक्षीहरूले दिनदिने सरकार ढल्ने अफवाह फैलाइरहेको भन्दै ०८३ असार र ०८४ मंसिरमा दुईपटक सरकार ढल्ने बताएका हुन्।
उनले केपी ओलीले देउवालाई सत्ता हस्तान्तरण गर्ने बेला र देउवाले राजीनामा गर्ने बेला दुईपटक सरकार ढल्ने व्यंग्य गरे। उनले कांग्रेस-एमालेको वर्तमान गठबन्धनलाई सत्तोसरोप गर्दै आजै र भोली ढल्छ भन्दै भ्रम फैलाउनुको कुनै तुक नरहेको बताए।
उनले एमाले र कांग्रेसलाई खेलेर माओवादीले सत्तामा हालीमुहाली गरेपछि माओवादीलाई ठेगान लगाउन दुई ठूला पार्टीहरूबीच गठबन्धन बनाउनुपरेको दाबी गरे। ०८४ को निर्वाचनमा एमाले-कांग्रेस एक्लाएक्लै प्रतिष्पर्धा गर्ने उनले बताए।
‘एमालेलाई धोखा दिएर फुत्त कांग्रेससँग टाँसिने र कांग्रेससँग अघाएपछि फेरि एमालेको काँधमा चढ्ने माओवादी प्रवृतिको उपज यो गठबन्धनको सरकार छ,’ उनले भने, ‘हामी सिंगल-सिंगल प्रतिस्पर्धा गर्छौं। एमालेले जिते कांग्रेस प्रतिपक्षमा बस्छ, कांग्रेसले जिते एमाले।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया