बिएल संवाददाता
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार दुईपटक ढल्ने बताएका छन्।
धरानमा आयोजित विजनेस एक्स्पोको शनिबार समापन गर्दै उनले विपक्षीहरूले दिनदिने सरकार ढल्ने अफवाह फैलाइरहेको भन्दै ०८३ असार र ०८४ मंसिरमा दुईपटक सरकार ढल्ने बताएका हुन्।
उनले केपी ओलीले देउवालाई सत्ता हस्तान्तरण गर्ने बेला र देउवाले राजीनामा गर्ने बेला दुईपटक सरकार ढल्ने व्यंग्य गरे। उनले कांग्रेस-एमालेको वर्तमान गठबन्धनलाई सत्तोसरोप गर्दै आजै र भोली ढल्छ भन्दै भ्रम फैलाउनुको कुनै तुक नरहेको बताए।
उनले एमाले र कांग्रेसलाई खेलेर माओवादीले सत्तामा हालीमुहाली गरेपछि माओवादीलाई ठेगान लगाउन दुई ठूला पार्टीहरूबीच गठबन्धन बनाउनुपरेको दाबी गरे। ०८४ को निर्वाचनमा एमाले-कांग्रेस एक्लाएक्लै प्रतिष्पर्धा गर्ने उनले बताए।
‘एमालेलाई धोखा दिएर फुत्त कांग्रेससँग टाँसिने र कांग्रेससँग अघाएपछि फेरि एमालेको काँधमा चढ्ने माओवादी प्रवृतिको उपज यो गठबन्धनको सरकार छ,’ उनले भने, ‘हामी सिंगल-सिंगल प्रतिस्पर्धा गर्छौं। एमालेले जिते कांग्रेस प्रतिपक्षमा बस्छ, कांग्रेसले जिते एमाले।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया