बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापामा आफू आक्रोशित भएकोमा नेता कार्यकर्तासँग माफी मागेका छन्।
माओवादीको तराईं मधेस जागरण अभियानको झापामा उद्घाटन कार्यक्रममा सोमबार मन्तव्य दिइरहेका नारायणकाजी श्रेष्ठ आक्रोशित हुँदै बिचमै बोल्न छोडेर फर्किएका थिए।
आफूबाट हुन पुगेको उक्त व्यवहारप्रति उनले चितवन पुगेर माफी मागेका छन्।
उनले भने, ‘जसलाई त्यस्तो नभए पनि हुन्थ्यो भन्ने परेको छ, जसलाई अलिकति चित्त दुखेको छ, ती सबैप्रति सकारात्मक धारणा राख्दै सार्वजनिक रुपमै क्षमा माग्न चाहन्छु।’
झापामा आफूमा मनोवैज्ञानिक रुपमा अवरोध जस्तो भएपछि आफूलाई बिझाएको र त्यसपछि थप नबोलेको उनले बताए। उक्त घटनालाई सामान्य घटनाकै रुपमा लिन उनले अनुरोध गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया