बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले डोनाल्ड ट्रम्पले नेपाललाई लिएर दिएको अभिव्यक्तिमाथि प्रधानमन्त्रीले कुनै प्रतिक्रिया नदिएको भन्दै संसदमा आवाज उठाएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भ्रष्ट्रचारविरुद्ध बोल्दा युवाहरूलाई समातेको भन्दै कटाक्ष गरेका हुन्।
उनले भने, ‘डोनाल्ड ट्रम्पले यो देशलाई फ्रड भनेको मैले मात्र सुनेको कि प्रधानमन्त्री ज्यूले पनि सुन्नु भएको छ? छैन त प्रतिक्रिया। युवाहरूले सुशासनको लागि भ्रष्टाचारको विरुद्ध बोल्दै गर्दा एउटाले फेसबुकमा स्टाटस लेख्दा च्याप्पै समात्ने?’
उनले प्रधानमन्त्रीले ‘म भ्रष्ट्रचार गर्दिन र गर्न दिन्न’ भन्ने खालको अभिव्यक्ति दिने गरेको भन्दै यस्तो अभिव्यक्ति नसुहाउने पनि बताए।
उनले भने, ‘सम्माननीय प्रधानमन्त्री ज्यू सार्वजनिक कार्यक्रममा म भ्रष्ट्रचार गर्दिन गर्न दिन्न भन्नु हुन्छ। म यहाँ केही तथ्यांक प्रस्तुत गर्छु। भ्रष्ट्रचार अवधारणा सुचांक २०२३ सार्वजनिक गरेको छ ट्रान्सफरेन्सी इन्टरनेसनलले, त्यसका १८० देशहरूको तथ्यांक छन्। डेनमार्क ९० अंकले भ्रष्टाचार कम गर्ने देश बनेको छ। हाम्रो ३५ अंक, सन् २०१५ मा २७ अंक, २०१६ मा २९ अंक, २०१८ मा ३१ अंक, २०१९ मा ३४ अंक, २०२०मा ३३ अंक औषत अंक पनि छैन यो वर्षमा। यो सरकार सञ्चालकको थियो सभामुख महोदय? भ्रष्टाचार गर्दिन गर्न नि दिन्न भन्नु भएको रहेछ त। भ्रष्टाचार गर्दिन गर्न नि दिन्न भन्न सुहाउदैन।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया