बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०८४ को चुनाव अघि नै पार्टीको अधिवेशन सम्पन्न हुने बताएका छन्।
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटनका लागि मंगलबार इटहरी आएका महामन्त्री शर्माले ०८४ को निर्वाचन अघि नै कांग्रेसले नयाँ नेतृत्व पाउने दाबी गरे।
कांग्रेसमा ०८४ को चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको सन्दर्भमा महामन्त्री शर्माले निर्वाचनमा वडादेखी केन्द्रसम्म नयाँ नेतृत्वका साथ पार्टी चुनावमा होमिने दाबी गरे।
उनले भने, ‘नेपाली कांग्रेसको महाधिवेशन ०८४ पछि गए हुन्थ्यो भन्ने निर्दोष भावना हो। त्यो भावनाको म मात्रै रेस्पेक्ट गर्छु।’
महामन्त्री शर्माको भनाइ-
जिल्लाका साथीहरू विधानले तोकेको नियमावली भित्र रहेर टुङग्याउनुस् र हामीले भनेका पनि छौं नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधि बन्नु छ तर क्रियाशिल चैं नबन्ने अनि महाधिवेशनको मिति तोकेपछि फटाफट गर्नुपर्ने ढोका बन्द भएपछाडि हुँदैन। निर्धारित समय भित्र क्रियाशिल सदस्यता नविकरणको कामलाई व्यवस्थित गरौं। त्यसपछि महाधिवेशनको ढोका खुल्छ। पार्टीका सबै साथीहरू तयार भए हुन्छ। आगामी ०८४को निवार्चनमा नेपाली कांग्रेस पार्टी प्रतिस्पर्धामा जानुभन्दा अगाडि केन्द्रदेखि लिएर वडा-वडासम्म प्रतिस्पर्धा गरी सर्वसम्मतको प्रक्रियाबाट नयाँ नेतृत्व आएर नेपाली कांग्रेस आगामी ८४को निवार्चनमा जान्छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया