बिएल संवाददाता
नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस पार्टी अत्यन्त संवेदनशील र चलयमान पार्टी भएको दाबी गरेका छन्।
स्व. नेता महेन्द्रनारायण निधिको १०४ औं जन्म जयन्तीको अवसरमा मंगलबार जनकपुरधाममा आयोजित समारोहमा बोल्दै नेता कोइरालाले देशमा विगत ३० वर्षदेखि भएको विकास कांग्रेसले नै गरेको दाबी गरेका छन्।
देशभरिका २० वटा मेडिकल कलेज, २० वटा विश्वविद्यालय, २ लाख किलोमिटर बाटो, हातहातमा मोबाईल फोन सबै कांग्रेसको देन रहेको नेता कोइरालाले बताए। यी सबै उपलब्धि कांग्रेसकै कारणले आएको भएपनि जनतालाई थाहा नभएको कारणले अब जनतालाई बुझाउने तर्फ लाग्न उनले पार्टीका नेता कार्यकर्ताहरूलाई सुझाव दिए।
नेता कोइरालाले केन्द्रीय कार्यसमितिमा ४० वर्षभन्दा मुनिका कोहि पनि नरहेकामा गुनासो गरे। उनले युवाहरूलाई स्वेदशमै बसेर रोजगार सृजना गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको औंल्याए।
उनले १७ लाख हेक्टर कृषि योग्य भूमि रहेको यस भूमिको सही सदुपयोग गर्न सकेमा ४० करोड जनसङ्ख्यालाई खाद्यान्न आपूर्ति गर्न सकिने बताए। उनले स्थानीय वस्तुको ब्रान्डिङ गर्न सुझाव दिएका थिए।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया