बिएल संवाददाता
अखिल (क्रान्तिकारी)की सह-फ्र्याक्सन ईन्चार्ज तथा माओवादी केन्द्रको केन्द्रीय सदस्य पञ्चा सिंहले जनयुद्धको अपमान भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
बुधबार काठमाडौंमा भएको पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले दिलबहादुर रम्तेल जस्तैः हजारौं सहिदको बलिदानबाट स्थापित वर्तमान गणतन्त्रात्मक व्यवस्थामा आसिन प्रधानमन्त्रीलेसमेत जनयुद्धको अपमान गरेको भन्दै आक्रोष व्यक्त गरिन्।
सिंहले संघर्ष नगरी फल खाइरहेका प्रधानमन्त्री केपी ओलीको पछि लागेर रामबहादुर थापा बादल हदैसम्म गिरेको आरोप लगाइन्।
उनले भनिन्, ‘संघर्ष नगरी फल खाइरहेका केपी ओलीहरूले विरोध गरे पनि जनयुद्धमा बलिदान गर्न सिकाउने बादल कमरेडहरूलाई यो हदसम्म गिर्न कुन नैतिकताले दियो?’
केपी ओलीको चाकडी गर्नकै निम्ति तल गिर्नु गलत भएको बताउँदै उनले थपिन्, ‘रामबहादुरहरूका मजाक र रगतको होली खेल्न जनयुद्ध भएको थिएन, खबरदार अति भयो, अब सहन सकिन्न।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया