बिएल संवाददाता
खानेपानीमन्त्री प्रदिप यादवले नयाँ योजना र सोचका साथ घाटामा रहेको संस्थानलाई नाफामा लानेगरी कामहरू भइरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा खानेपानी संस्थानको ३६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले घाटामा रहेको खानेपानी संस्थानलाई मुनाफामा ल्याउनको लागि सबैले प्रयास गर्नुपर्ने भन्दै यसको लागि मन्त्रालयको तर्फबाट पनि प्रयास गर्ने बताए।
उनले भने, ‘नयाँ योजना र नयाँ सोचका साथ घाटामा रहेको संस्थानलाई नाफामा कसरी ल्याउने भनेर मन्त्रालयले संस्थानका साथीहरूसँग बसेर छलफलमार्फत नाफामा ल्याउँछ, अगाडि बढाउँछ। नेपाल खानेपानी संस्थान घाटामा छ। यसलाई मुनाफामा ल्याउनको लागि कम्मर कस्नुपर्छ। नत्र सबैको कम्मर भाँचिन सक्छ। संस्थान बच्न सकेन भने हामी कोही बाच्न सक्दैनौँ।’
साथै, उनले जनतालाई सेवा दिने मन्त्रालयमा आएको भन्दै जनताको पक्षमा निर्णय लिनको लागि कहिले पनि पछि नहट्ने बताए।
उनले भने, ‘मेरो कलम चलेसम्म म डराउने मान्छे होइन, मन्त्रीको तेस्रो कार्यकाल हो। निर्णय गर्ने कुरामा म कहिले पनि डराउदिन्, कसैको डर छैन्। जनतालाई सेवा दिने मन्त्रालयमा म आएको छु।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया