बिएल संवाददाता
राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्य समिति बैठकको निर्णय सार्वजनिक गरिएको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष राजेन्द्र महतोले बैठकको निर्णय सार्वजनिक गरेका हुन्।
सम्मेलनमा अध्यक्ष महतोले मुकुम्लुङ (पाथीभरा) संघर्षमा राज्यद्धारा दमन, अन्याय विरुद्ध संघर्षमार्फत प्रतिरोध गर्न आव्हान गरेका छन्।
उनले सरकारबाट स्थानीय राई, लिम्बु समूदायहरूमाथि जातीय संहार गरेर मानव अपराध गरेको बताए।
अध्यक्ष महतोले राज्यको चरित्रमाथि प्रश्न उठाउँदै देशलाई एकल चिन्तन सोचबाट चलाउने प्रयास गरिएको बताए।
उनले भने, ‘मुकुम्लुङ (पाथीभरा) संघर्षको आन्दोनलमा मुकुम्लुङ बचाउ पद यात्रा पश्चात फागुन ८, ९ र १० गते राज्यद्वारा गरिएको निर्मम दमनले लिम्बुहरूमाथिको जातीय संहार अर्थात मानव विरुद्धको अपराध सावित भएको छ। प्रहरीको ज्यादती प्रतिकार, आन्दोलनकारीमाथिको व्यवहार, झुटा मुद्दा, घरघरमा धरपकट, बेरोजगारीले राज्यको एकल नीति उजागर गर्छ। भूमि रक्षक लिम्बुवान जनताहरूले शान्तिपूर्ण प्रतिरोध गर्नुलाई अपराध करार गरेर झुटा मुद्दा चलाउने र तर्साउने काम निरन्तर भइरहेको छ। राष्ट्रिय मुक्ति पार्टी नेपाल यस्तो अन्याय, दमन विरुद्ध घोर भत्र्सना गर्दै आन्दोलनकारीको तत्काल रिहाई र प्रहरी प्रमुखमाथि कारवाही एवम् सरकारको निरङकुसताविरुद्ध संघर्षमा आउन सम्पूर्ण न्यायप्रेमी नेपाली जनतालाई आव्हान गर्दछौ।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया