बिएल संवाददाता
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले स्थानीय तहबाट नियुक्त भएका कर्मचारीहरू सामान्य प्रशासन मन्त्रालयबाटै सरुवा हुनु विल्कुलै गलत भएको बताएका छन्।
बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले कुनै पालिकाले कुनै सन्दर्भमा नियुक्त गरेको कर्मचारी आफ्नो अनुकुल हुने ठाउँमा आफ्नो प्रभाव प्रयोग गरेर सरुवा हुन पाउने कुरा कुनै सिद्धान्तले नमिल्ने र गलत रहेको बताएका हुन्।
उनले भने, ‘एउटा पालिकाले कुनै सन्दर्भमा २०/२५ वर्ष नियुक्त गरेको कर्मचारी त्यो पालिकाबाट अनुकुल हुने ठाउँमा आफ्नो प्रभाव प्रयोग गरेर चाहेको ठाउँमा सरुवा भएर काम गर्न पाउनुपर्छ भन्ने कुरा कुनै सिद्धान्तले, कुनै कानुनले वा नीतिले मिल्दैन। तर त्यो भइरहेको छ। त्यो सम्पूर्णरुपमा गलत छ। त्यसमा सुधार गर्नुपर्छ। उहाँहरू जहाँ नियुक्ति हुनुभएको छ त्यही जानुपर्छ।’
उनले कानुन निर्माण गरेर सरुवा गरे जायज हुने भएकाले कानुनको अभावमा जथावाभी गरिएका सरुवा गलत हुने पनि बताए।
बैठकमा लोक सेवा आयोगको ६ औं वार्षिक प्रतिवेदनमाथि छलफल भएको थियो।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया