
बिएल संवाददाता
महोत्तरीको भंगहा नगरपालिका प्रमुख सञ्जीवकुमार साहले पालिकाका सबै शाखा र वडा कार्यालयको साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन्।
४० दिनदेखि पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएपछि मेयर साहले प्रजिअ लालबाबु कवारीलाई साँचो सुम्पिएका हुन्।
सामान्य प्रशासन मन्त्रालयको पत्रले निमित्त प्रशासकीय अधिकृत हटेको एक महिनापछि प्रमुख प्रशासकीय अधिकृत उपसचिव होमप्रसाद घिमिरेलाई भंगहामा खटाइएको थियो। तर, अधिकृत हालसम्म पनि हाजिर नभएपछि मेयरले पालिकाको साँचो प्रजिअलाई बुझाएका हुन्।
नगरप्रमुख साहले निमित्तलाई हटाएपछि आफूले लगातार मन्त्रालयमै पुगेर प्रमुख प्रशासकीय अधिकृतको माग गरेपछि एकजना खटाइएको तर उनी हालसम्म हाजिर नभएपछि कार्यालय सञ्चालन हुने अवस्था नभएपछि पालिकाका सबै कार्यालयहरूमा तालाबन्दी गरेको बताएका छन्।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया