बिएल संवाददाता
नेपाली काँग्रेसका सबै क्षेत्रीय सभापतिहरू भैरहवामा भेला भएका छन्। काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको दुई दिने प्रशिक्षणमा देशभरका १६५ क्षेत्रीय सभापतिहरू भेला भएका छन्।
सोमबार प्रशिक्षणको उद्घाटनसँगै पार्टी सभापति शेरबहादुर देउवाले उनीहरूलाई सम्बोधन गर्नेछन्।
प्रशिक्षणका लागि महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि भैरहवा पुग्दैछन्। आइतबारमात्रै काँग्रेसको सूचना तथा सञ्चार विभागले बुटवलमा भेला गरेको थियो। यो भेलालाई काँग्रेस नेता डा. शेखर कोइराला, मिनेन्द्र रिजाल तथा बालकृष्ण खाणलगायतका नेताहरू सम्बोधन गरेका थिए।
सोमबारदेखि क्षेत्रीय सभापतिहरूले पार्टीले अहिलेसम्म गरेका नीतिगत कामहरू, क्रियाशील सदस्य, पार्टीको महाधिवेशन, आम निर्वाचनलगायत, सरकारमा पार्टीको उपस्थिति र उपलब्धिलगायतका विषयमा छलफल गर्नेछन्।
उद्घाटनपछि कांग्रेसले अहिलेसम्म गरेका नीतिगत सुधार, भौतिक पूर्वाधार लगायत उपलब्धि, संविधान र मुलुकको विकासका लागि कांग्रेसले खेल्नुपर्ने भूमिका, आगामी महाधिवेशन, क्रियाशील सदस्य र आमनिर्वाचन गरी विभिन्न ६ वटा विषयमा प्रस्तुती रहनेछन् ।
त्यसक्रममा सहभागीहरूले पनि आफ्नो क्षेत्रका अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ । क्षेत्रीय सभापतिहरूले समेत वर्तमान सरकारका काम कारबाहीबारे आलोचनात्मक सुझाव दिने र सरकारमा सहभागी दुई जना मन्त्रीले त्यसको जवाफ दिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया