बिएल संवाददाता
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् बागलुङले ताप्लेजुङको मुकुमलुङ क्षेत्रमा केवलकार निर्माणविरुद्ध भइरहेको आन्दोलनमा राज्यले दमन गरेको भन्दै कडा आपत्ति जनाएको छ।
परिषद्ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मुकुमलुङ क्षेत्रमा धार्मिक आस्थाविपरीत केवलकार निर्माणको विरोधमा भइरहेका शान्तिपूर्ण प्रदर्शनमाथि सुरक्षा निकाय र भिजिलान्ते प्रयोग गरेर गोली प्रहार गर्नु, धरपकड गर्नु, झुटा मुद्दा लगाउनु तथा कर्फ्यु लगाउनु मानवअधिकारविपरीत भएको आरोप लगाएको छ।
महासंघका अध्यक्ष बोमबहादुर गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा १२ जना घाइते, १८ जना गिरफ्तार तथा दर्जनौंलाई झुटा मुद्दा लगाइएको उल्लेख गरिएको छ। साथै, सरकारले कुनै एक व्यापारीको स्वार्थ पूर्तिका लागि कञ्चनजङ्गा संरक्षित क्षेत्रभित्र पर्ने मुकुमलुङलाई बाहिर निकाली केवलकार निर्माणका लागि वातावरण बनाएको दाबी गरिएको छ।
महासंघले आदिवासी जनजातिहरूको धार्मिक स्थलमाथि विकासका नाममा हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्दै तत्काल केवलकार निर्माण प्रक्रिया खारेज गर्न माग गरेको छ। साथै, उनीहरू विकास विरोधी नभए पनि भाषा, संस्कार, संस्कृति र सभ्यतामाथि अतिक्रमण सह्य नहुने चेतावनी दिएका छन्।
विज्ञप्तिमा संविधानको धारा ४२ अनुसार उत्पीडित समुदायका अधिकार सुनिश्चित गर्ने व्यवस्था भए पनि राज्यद्वारा त्यसको उल्लंघन भइरहेको उल्लेख छ। साथै, आदिवासी जनजाति समुदायमाथि निरन्तर प्रहार जारी रहे, सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ।
महासंघले मुकुमलुङमा भइरहेको आन्दोलनलाई कमजोर आँक्न नहुने भन्दै यदि पहिचान र अधिकारमाथि प्रहार जारी रह्यो भने देशभरका आदिवासी जनजाति समुदायहरू आन्दोलनमा उत्रिने दाबी गरेको छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया