बिएल संवाददाता
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रियाअनुसार विकासका योजनाहरू माग गरे सहज हुने बताएका छन्।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका सभापति र प्रशिक्षण शाखा प्रमुखहरूका लागि आयोजित प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उपप्रधानमन्त्री सिंहले योजना छनौट निश्चित विधि हुने भन्दै त्यसलाई ध्यान दिएर योजना माग गर्नुपर्नेमा जोड दिए।
उनले बजेट निर्माणका क्रममा पार्टीका विभिन्न तहका समिति,जनप्रतिनिधि सबैको राय सुझाव समेटेर छलफलबाटै नयाँ योजनाहरू छनौट हुने पनि बताए।
‘यो गठबन्धन सरकार हो । सबै कुरा कांग्रेसले भनेको मात्रै हुँदैन। गबन्धनमा रहेका सबै दलले केही न केही लचक हुनुपर्ने अवस्था छ,’ उनले भने।
विकास निर्माणको योजना छनौट गर्दा आवश्यक्ताका आधारमा धेरै नागरिक लाभान्वित हुने योजना प्राथमिकतामा पर्ने भन्दै योजना माग गर्दा त्यस्ता योजना माग गर्नेतर्फ ध्यान दिनुपर्नेमा सिंहले जोड दिए।
उपप्रधानमन्त्री सिंहले पछिल्लो समय सरकार अस्थिर बनेपछि नागरिकले स्थिरता खोजेकाले अहिले कांग्रेस र एमालेसहितका अरू दल मिलेर राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन सरकार बनेको बताए।
सरकारमा रहेर विकास र समृद्धिका लागि काम गरिरहेको भन्दै नागरिकको चाहनाअनुसार काम अघि बढाइरहेको सिंहको भनाई थियो।
उनले स्थानीय तहका जनप्रतिनिधिसँग पनि समन्वय गरेर काम गर्न क्षेत्रीय सभापतिहरूलाई आग्रह गर्दै पार्टी संगठन सुदृढीकरणमा लाग्न सुझाव दिए।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया