बिएल संवाददाता
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाए सडक र सदनबाट दुवैबाट आन्दोलन गर्ने चेतावनी दिएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने घिसिङलाई हटाउने प्रपञ्च गरिएको भन्दै उनलाई हटाइए नेपाल अन्धकारतिर धकेलिने बताए। उनले कुलमानलाई हटाए सडक र सदन दुवैबाट आवाज उठाउने बताए।
उनले भने, ‘अन्धकार नेपाललाई उज्यालो नेपाल बनाउने कुलमानलाई कारबाही गर्ने मात्र होईन कि शुन्य अंक दिने रे, फेल हुनेलाई पास, पास हुनेलाई फेल कस्तो हो यो? कुलमान घिसिङलाई हटाउने जुन प्रपञ्च गरिँदैछ र मन्त्रिपरिषद्ले निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ। यदि कुलमानलाई हटाइयो भने,नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुबैबाट आवाज उठ्छ।’
त्यस्तै उनले सरकारले विधिको शासन उल्लङ्घन गर्ने काम गरेको भन्दै आपत्ति जनाए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया