बिएल संवाददाता
नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानामगरले दैलेखकाे पञ्चकोशी धार्मिक क्षेत्र शिरस्थान-नाभिस्थान सडक स्तराेन्नती कार्यका लागि छिटाे वातावरणीय प्रभाव मूल्यांकन गराउन सरकारसँग माग गरेकी छन्।
बुधबार प्रतिनिधि सभाकाे शून्य समयमा बाेल्दै सांसद रानाले पूर्वाधार विकास कार्यालय दैलेखबाट वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी चालु आर्थिक वर्ष २०८१/०८२ मा ठेक्का खोलिसकेको र उक्त सडकमा सामुदायिक वन पर्ने सडक विस्तार गर्दा सामुदायिक वनका रुख कटान गर्नको लागि आईईई/ईआईए प्रतिवेदन नबनेको कारण देखाई निर्माण कार्य अगाडि नबढेकाले तुरुन्तै प्रतिवेदन बनाउनुपर्ने बताएकी हुन्।
भैरवी गाँउपालिका-१ जलजलेमा पेट्रोल अन्वेषणपश्चात ग्यास रहेको पत्ता लागेपछि हाल चीनले यस क्षेत्रमा कति मात्रामा ग्यास छ भनेर अध्ययन अनुसन्धान गरिरहेको छ। त्यसैले साे क्षेत्रलाई प्राथमिकता दिएर सडक निर्माण प्रक्रियालाई अघि बढाउनुपर्ने सांसद रानाको जाेड छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया