बिएल संवाददाता
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबैकाे माया पाएर नेपाली काँग्रेस ठूलाे र लोकप्रिय पार्टी भएकाे भन्दै शुभेच्छुक संस्थाहरूलाई अझै सक्रिय हुन आग्रह गरेका छन्।
बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाल भूतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्ताे बताएका हुन्।
‘सबैकाे माया पाएर काँग्रेस लाेकप्रिय पार्टी भएकाे छ। सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए नेपाली काँग्रेस पार्टी बलियो हुन्छ’ उनले भने।
लोकतन्त्रमा मात्र सबै वर्गको अधिकार सुनिश्चित हुने बताउँदै उनले नेपाल भूतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको जानकारी पनि दिए।
उनले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराए। प्रजातन्त्र स्थापना र पुनःस्थापना एवं नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकहरुले गरेकाे याेगदान निकै महत्वपूर्ण रहेकाे उनकाे भनाइ थियाे।
‘नेपाल भुतपूर्व सैनिक संघमा साथीहरुको समस्या नभएको होइन, यसमा स्पष्ट छु । गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ । साथीहरुको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाइनेछ’ देउवाले भने ‘नेपाली भुपू सैनिकमा पेन्सनको जुन विभेद छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ। लोकतन्त्रमा मात्र सबै वर्गको अधिकार सुनिश्चित हुन्छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया