बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पत्रकारले प्रश्न गरेकै आधारमा परिचय खोस्ने कुरा लोकतन्त्रमा नसुहाउने बताएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पत्रकारहरूले प्रश्न गरेकै आधारमा पत्र खोसिएको विषयमा पनि सत्य तथ्य सदनलाई जानकारी गराउन माग गरे।
उनले भने,‘पत्रकारहरूले प्रश्न सोधेकै भरमा पत्रकारको संसदभित्र आउने परिचयपत्र खोसियो भन्ने सुन्नमा आएको छ। सत्य तथ्य के हो? कसैले मर्यादित प्रश्न सोध्न पाउनुपर्छ। पत्रकारले प्रश्न गरेकै आधारमा परिचय पत्र खोस्ने र भित्र आउन नदिने प्रचलन हो भने लोकतन्त्रमा त्यो सुहाउने हुँदैन।’
त्यस्तै उनले अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भएको भन्दै चर्चा चलिरहेको भन्दै सहयोग रकम कति आएको हो र कसले प्रयोग गरे भन्ने श्वेतपत्र जारी गर्न सरकारसँग माग गरे।
उनले भने, ‘अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भएको भन्दै चलिरहेको चर्चा सुन्नमा आएको छ। एनजीओ र आईएनजीओका रूपमा आएका र अन्य काममा काममा प्रयोग भएका रकम कति छन्, त्यो दुरुपयोगलाई लिएर सारा नेपाललाई नै बदनाम गर्ने गरिएको छ। त्यसबारे सरकारले श्वेतपत्रको रूपमा जारी गरोस् भनेर अनुरोध गर्न चाहन्छु।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया