बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले समाज र विज्ञान पछाडि नफर्किने बताएका छन्।
बिहीबार डडेलधुराको परशुराम नगरपालिकामा आयोजित परशुराम साहित्य महोत्सव उद्घाटन समारोहमा बोल्दै राजतन्त्र फर्किने सम्भावना नरहेको बताए।
उनले भने, ‘देशमा गणतन्त्र आईसकेको छ,केहि साथीहरूले राजतन्त्र पुनर्स्थापना कुरा गरिरहनुभएको छ,’ गृहमन्त्री लेखकले थपे, ‘लोकतान्त्रिक व्यवस्थाबाट अलोकतान्त्रिक राजतन्त्रमा पछाडि फर्किने सम्भावना छैन। निकै त्याग र तपस्याबाट यो ठाउँमा पुगिएको हो, अब यो ठाउँबाट पछाडि होइन अगाडि बढ्ने हो।’
त्यसैगरी, उनले समाजमा क्रान्तिकारी परिवर्तनको लागि साहित्यको योगदान आवश्यक रहेको भन्दै संसारमा आजसम्मको प्रगति क्रान्ति र परिवर्तनमा साहित्यको ठुलो योगदान रहेको स्मरण गरे।
जनताको स्वतन्त्रताको कुनै विकल्प नरहेको बताउँदै गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको धारणा राखे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया