बिएल संवाददाता
नेकपा (एमाले)का उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नश्लीय पाखण्डको पर्दाफास गर्न आवश्यक रहेको बताएका छन्।
राजावादीहरूको सक्रियता बढ्दै गएपछि असन्तुष्ट गणतन्त्रवादी नेताहरूले प्रतिवाद थालेका छन्। त्यसैको नमुना हुन् रिमाल। उनले अढाई सय वर्षसम्म लुट मच्चाएको राजतन्त्र काम नलाग्ने दाबी गरेका हुन्।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘अढ़ाई सय वर्षसम्मको चकचकी र लुट खसोट बिर्सिए पनि ०४६ चैतसम्म हाम्रा मुख थुन्ने, ‘यहॉबाट त्यहाँ’ जान नदिने जस्ता राम-राज्यका संचालक यिनीहरू नै थिए हैन र? अझ त्यसलाई पुरानो कुरा मान्ने हो भने पनि आजभन्दा मात्र ८,६८२ दिन अगाडि त्यसबखतका राजासहित सिङ्गो वंशलाई उनीहरूद्वारा- उनीहरूका लागि- उनीहरूले नै खरानी बनाएका हैनन् र?’
रिमालले राजावादीहरूको सक्रियताको विरोध गर्दै २०६१ माघ १९ देखि ०६३ सम्मलाई ‘गोल्डेन डेज’ भनेर व्याख्या गर्दै त्यस समय ‘गोल्ड’को गोडमेल गर्नेहरू पनि उनीहरू नै रहेको टिप्पणी गरेका छन्।
उनले भनेका छन्, ‘एयरपोर्ट जाऔं- स्वागत गरौं भन्ने अनुहार र २०६१ माघ १९ देखि ०६३ सम्मको ‘गोल्डेन डेज्’ आयो भन्दै ती ‘डेज्’मा गोल्डको गोडमेल गर्नेहरू पनि यिनीहरू हैनन् र? रक्त शुद्धता र वंश- परम्परा नश्लीय पाखण्डको पर्दाफास गरौं! अंग्रेज़ीमा एउटा भनाइ छ नि- ‘फर्गिभ- वट नट फर्गेट!’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया