बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको अर्थ नीतिको कारण मुलुकको अर्थतन्त्रले गति लिएको र रोजगारी सिर्जना हुन थालेको दाबी गरेका छन्।
उनले नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अंगिकार गरेको अर्थनीतिको कारण आजको यो अवस्था आएको उनले दाबी गरेका हुन्।
उनले भने, ‘बल्ल रोजगारीको विषयमा छलफल भएको भ्रम नरहोस्। प्रतिकुलता र अस्थिरताको बीचमा सामाजिक न्यायसहितको उदार अर्थ व्यवस्थाको नीति जुन नेपाली कांग्रेसले अंगिकार गरेको नीतिले पनि न्यूनरुपमै सही रोजगारीको जेजस्ता अवस्था सिर्जना भएका छन्, निजी क्षेत्रको जुन रुपमा विकास भएको छ नेपाली कांग्रेस पार्टी खुलेआम दावा गर्छ। यसलाई जीबी भन्दा फरक पर्दैन। गिरिजाप्रसाद कोइरालाले लिएको नीतिको कारणले हो।’
उनले संसद पाँच वर्ष टिक्ने र सविधान संसोधनको लागि छलफल गरिरहेको पनि बताए।
नेपाली कांग्रेसले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार- सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी“ अभियान सञ्चालन गरेको छ ।
आइतवार (आज) नेपाली कांग्रेस पार्टी कार्यालय तथा नेपाली कांग्रेस पुस्तकालय तथा स्रोत केन्द्रको समन्वयमा संचालन हुने यस अभियानको उद्घाटन भएको हो ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया