
बिएल संवाददाता
राजावादी अधिवक्ता स्वागत नेपालले राजतन्त्रको पक्षमा २५ लाख जनता सडकमा ओर्लिएको दाबी गरेका छन्।
आइतबार पूर्वराजाको स्वागत र रोड शोमा पुगेका उनले राजाको पक्षमा २५ लाख मानिसहरू सडकमा उत्रिएसँगै नेपालमा गणतन्त्र विधिवत रुपमा अन्त्य भएको बताएका हुन्।
पूर्वराजाको रोड शो लाइभ गर्दै हिँडेका उनले राजावादीहरू राजालाई लिएर आइतबार नै नारायणहिटी छिर्न सक्ने अवस्था भएपनि बंगलादेशको जस्तो अवस्था आफैं आवस् भन्ने हेतुले राजावादीहरूले हतार नगरेको दाबी गरे।
उनले भनेका छन्, ‘यो १० किलो मिटर पूरै सडकमा तिलको दानो राख्ने ठाउँ नहुने गरी राजाको स्वागतको लागि २५ लाखको संख्यामा जनताको उपस्थिति छ। राजाले ‘म यो दिन नारायणहिटी प्रवेश गर्ने हो, तपाईंहरू आउनुस्’ भन्ने हो भने एक जनापनि विदेशी दलाल नेपालमा रहने छैनन्।’
उनले राजाको स्वागतमा ओइरिएको जनलहरले विदेशी दलालको गणतन्त्र अन्त्य भएको संकेत गरेकको दाबी गर्दै भनेका छन्, ‘सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई तत्काल अपदस्त गरोस्...’
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया