बिएल संवाददाता
मंगलवार प्रनिधिसभाको बैठक आज बस्दैछ।
आजको बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन्।
केही दिनयता देशभरि राजावादीहरूको प्रदर्शन र जुलुस बढ्न थालेपछि माओवादीले सञ्चालन गरेको तराई मधेश अभियान स्थगित गरेर प्रचण्डलगायत शीर्ष नेता काठमाडौं फर्किएका छन्।
बैठक बस्नुभन्दा अघि सोमबार सभामुख देवराज घिमिरेले सबै दलक प्रमुख सचेतक र सचेतकहरूलाई बोलाएका थिए। त्यो छलफलमा प्रचण्डले सम्बोधनको समय मागेकाले उनलाई केही समय दिने निर्णय भएको हो।
सरकारबाट बाहिरिएपछि उनी लामो समयपछि संसदमा बोल्दैछन्।
त्यस्तै आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नेछन्।
यस्तै, बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
यसैगरी वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै सो संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि सभासमक्ष प्रस्तुत गर्नेछन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया