बिएल संवाददाता
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि दाङका विभव पोख्रेलले उम्मेदवारी दिएका छन्। बानेश्वरस्थित नेपाल कमर्श क्याम्पस(एनसिसी) मा उनले स्ववियु सदस्य पदमा उम्मेदवारी दिएका हुन्। पोख्रेल एनसिसीमा बिबिएस तेस्रो वर्षका विद्यार्थी हुन्।
दाङ निवासी उनको यो राजनीतिमा ‘डेब्यू’ पनि हो। पोख्रेल परिवारका उनी चौथो पुस्ता हुन्, जसले विद्यार्थी राजनीतिबाट आफ्नो ‘करिअर’को सुरुवात गरेका छन्।
उनका बुवा विपुल पोख्रेल नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष हुन्। नेपाल पत्रकारको महासंघको इतिहासमा पहिलो प्रत्यक्ष निर्वाचित पोख्रेल मोफसलबाट पत्रकारिता गर्दै गर्दै महासंघको अध्यक्ष भएका हुन्।
कार्यकाल सकिएपछि अब उनी जिल्लामै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन्।
विभवका हजुरबुवा विनोद पोख्रेल दाङका पुराना राजनीतिज्ञ, शिक्षा र समाजसेवी पनि हुन्। खासगरी बिपी कोइरालाको राजनीतिक दर्शनबाट दिक्षित यो परिवारका विनोद पोख्रेल लामो समय बिपी चिन्तन केन्द्रमा पनि सक्रिय थिए। अझ उनका जिजुबुवा केशबराज शर्मा त राणाविरुद्ध बन्दुक बोकेर लडेका नेपाली काँग्रेसका सेनानी पनि हुन्। त्यो बेला प्यूठान जिल्ला कब्जा गर्न जाँदा शर्मा आफैले बन्दुक बोकेर त्यसको नेतृत्व गरेका थिए।
काठमाडौंमा बसेर अध्ययन गरिरहेका विभवले आफ्ना पिता र हजुरबुवाको प्रेरणाबाट राजनीतिमा पाइला राख्न थालेको बताए।
‘विद्यार्थीको हकहितका लागि भनेर स्ववियुमा उम्मेदवारी दिएको हुँ। राजनीतिमा यो मेरो पहिलो पाइला हो’ विभव भन्छन् ‘खासगरी मेरो परिवारबाटै मैले प्रेरणा पाएको हुँ। हजुरबुवाको समाजप्रतिको दीक्षा, बुवाको पत्रकारिता र राजनीतिक शिक्षादीक्षाबाट म पनि राजनीतिप्रति प्रेरित भएँ।’
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा आगामी चैत ५ हुने स्ववियु निर्वाचनका लागि आज सबै क्याम्पसहरूमा उम्मेदवारी दर्ता भएको छ।
त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक र केही सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसमा चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया