बिएल संवाददाता
देशभरिबाट काठमाडौंमा आन्दाेलन गर्न आएका शिक्षकहरूले आज एमाले पार्टी कार्यालय घेराउन गर्ने भएका छन्।
केही दिन माइतीघरमा बसेर प्रदर्शन र धर्ना बसेका उनीहरूले मंगलबारदेखि पार्टी कार्यालयहरू घेराउ गर्ने रणनीति लिएका छन्।
शिक्षकहरूको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घकाे अगुवाईमा यति बेला देशभरिका शिक्षक सडक आन्दाेलनमा छन्।
मंगलबार उनीहरूले नेपाली काँग्रेसकाे पार्टी कार्यालय घेराउ गरेका थिए।
महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। यसअघि ०८० मा सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरूको माग छ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूर्वसन्ध्यामा शिक्षकहरू अध्यापन छोडेर आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित हुने भएको छ। त्यस्तै शैक्षिक सत्रका अन्तिम परीक्षाको तयारी गर्नुपर्ने शिक्षकहरू पठनपाठन ठप्प पारेर आन्दोलनमा उत्रिएपछि शैक्षिक सत्रसमेत प्रभावित हुनसक्ने सम्भावना छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया