बिएल संवाददाता
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधरले १५/२० हजार मान्छे सडकमा उतार्दैमा आत्तिनुपर्ने अवस्था नरहेको टिप्पणी गरेका छन्।
मंगलबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सिटौलाले राजावादीको प्रदर्शनको बारेमा धेरै चर्चा गर्नु उपयुक्त नहुने बताए। उनले पूर्वराजा ज्ञानेन्द्रको ताकतबारे आफू जानकार रहेको बताउँदै राजतन्त्र फर्किने सम्भावना नरहेको दाबी गरे।
सिटौलाले भने, ‘मैले आफैंले गएर करिब एक घण्टा बसेर सम्झाइ-बुझाइ गरेर बाहिर पठाएको हुँ। र मैले बुझेको छु उहाँ (ज्ञानेन्द्र शाह) कुन ताकतको मानिस हुन? यो फर्केर आउँदैन। अन्त्य भएको कुरा हो, धेरै चर्चा गरेर हामी आत्तिनुपर्ने छैन। मैले भन्ने गरेको छु किन धेरै चर्चा गर्नु? म आफै बिदा गर्न गएको हुँ, राम्रै सम्झाएको छु।’
उनले सरकारले पूर्वराजालाई नागार्जुनमा बस्न दिएको र सुरक्षा पनि सरकारले नै गरिरहेकोले सरकारले चाहे नागार्जुनबाट समेत हटाइदिन सक्ने दाबी गरे।
‘सरकारकै निर्णयले नागार्जुन निवास उहाँलाई तत्कालिन अवस्थामा बस्न दिएको छ । सरकारले चाहे अहिले त्यहाँबाट हटाइदिन सक्छ,’ सिटौलाले भने, ‘सरकारले नै सुरक्षाको बन्दोबस्त गरेको छ। त्यसैले यो बारेमा धेरै चर्चा गर्नु जाती होइन।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया