बिएल संवाददाता
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधरले १५/२० हजार मान्छे सडकमा उतार्दैमा आत्तिनुपर्ने अवस्था नरहेको टिप्पणी गरेका छन्।
मंगलबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सिटौलाले राजावादीको प्रदर्शनको बारेमा धेरै चर्चा गर्नु उपयुक्त नहुने बताए। उनले पूर्वराजा ज्ञानेन्द्रको ताकतबारे आफू जानकार रहेको बताउँदै राजतन्त्र फर्किने सम्भावना नरहेको दाबी गरे।
सिटौलाले भने, ‘मैले आफैंले गएर करिब एक घण्टा बसेर सम्झाइ-बुझाइ गरेर बाहिर पठाएको हुँ। र मैले बुझेको छु उहाँ (ज्ञानेन्द्र शाह) कुन ताकतको मानिस हुन? यो फर्केर आउँदैन। अन्त्य भएको कुरा हो, धेरै चर्चा गरेर हामी आत्तिनुपर्ने छैन। मैले भन्ने गरेको छु किन धेरै चर्चा गर्नु? म आफै बिदा गर्न गएको हुँ, राम्रै सम्झाएको छु।’
उनले सरकारले पूर्वराजालाई नागार्जुनमा बस्न दिएको र सुरक्षा पनि सरकारले नै गरिरहेकोले सरकारले चाहे नागार्जुनबाट समेत हटाइदिन सक्ने दाबी गरे।
‘सरकारकै निर्णयले नागार्जुन निवास उहाँलाई तत्कालिन अवस्थामा बस्न दिएको छ । सरकारले चाहे अहिले त्यहाँबाट हटाइदिन सक्छ,’ सिटौलाले भने, ‘सरकारले नै सुरक्षाको बन्दोबस्त गरेको छ। त्यसैले यो बारेमा धेरै चर्चा गर्नु जाती होइन।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया