बिएल संवाददाता
रंगहरूको पर्व भनिने हाेली आज देशका पहाडी जिल्लाहरूमा मनाइँदैछ। दुई दिनसम्म हाेली पर्व तराईका जिल्लाहरूमा भने अर्काे दिन मनाइन्छ।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात होली एक आपसमा रङ लगाएर मनाउने गरिन्छ।
फागु पर्वका उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। तराई क्षेत्रमा भने भोली होली मनाइदै छ। होली पर्व अथवा फागु पूर्णिमा प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाउने हिन्दू संस्कृतिको एउटा मुख्य पर्व पनि हाे।
त्रेता यूगमा भगवान विष्णुका भक्त प्रह्लादसंग जोडिएको होली हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई बहिनी होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफै आगोमा भष्म भएको पौराणिक कथाहरूमा उल्लेख छ।
त्यसैले होली खेल्ने दिनको अघिल्लो रात होलिका दहन गरिन्छ। होलीका दहन पछि बिहानै देखि विभिन्न रंगका अविर आपसमा स्नेहका साथ लगाएर होली खेल्ने गरिन्छ।
हाेली पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पाैडेल, प्रधानमन्त्री केपी शर्मा ओली, मुख्य सत्ता साझेदार नेपालीका काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाललगायतले शुभकामना सन्देश दिएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया