अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना केही विशेष दूतहरूको एउटा टोली रुस पठाएका छन्। खासगरी युक्रेनसँग युद्धबिरामको प्रस्ताव लिएर रुस गएको ट्रम्पका दूतले रुसी अधिकारीसँग वार्ता गर्नेछन्।
दुई दिनअघिमात्रै साउदी अरबमा अमेरिकी अधिकारीहरूसँग वार्ता गरेपछि युक्रेन तत्कालका लागि ३० दिनसम्म युद्ध बिराम गर्न तयार भएको थियो।
त्यसपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘अब बल रुसको कोर्ट’मा रहेको प्रतिक्रिया दिएका थिए। र उनले चाँडै नै रुससँग पनि यसबारेमा छलफल गर्ने जानकारी दिएका थिए।
रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले भने युद्धबिरामका सन्दर्भमा कुनै आधिकारी प्रतिक्रिया दिएका छैनन्। उनले पछिल्लोपटक युक्रेन र अमेरिकाबीच भएको वार्ता र त्यसपछिका घटनाक्रमहरूलाई नजिकबाट नियालीरहेको बताएका छन्।
त्यसका बारेमा सम्भवत: उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता पनि गर्नेछन्। ट्रम्पले दोस्रो कार्यकाल सम्हाल्नुअघि नै रुस-युक्रेन युद्ध रोक्ने वाचा गरेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया