बिएल संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए)को बद्री केसी समूहको एक विवादास्पद कार्यक्रममा माओवादी केन्द्रका एक जना सांसद थाइल्यान्ड र कम्बोडिया जाने तय भएपछि पार्टीभित्र हंगामा भएको छ। यसबारे प्रचण्डको सचिवालयले हस्तक्षेप नै गर्नुपर्ने अवस्था पनि आयो।
थाइल्यान्ड र कम्बोडियामा तय भएको कार्यक्रममा सहभागी हुन केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुवोध’ जाने तय भएकोमा अन्तिम समयमा स्थगित गरिएको छ।
पार्टीमा समेत समन्वय नगरी उनी त्यहाँ जान लागेका थिए। जवकि माओवादी नेतृत्वले नै बद्री केसी समुहलाई स्वीकारेको छैन। यस्तो पृष्ठभूमिमा उनी पार्टीको नीतिविपरीत आफ्नै निर्णयका आधारमा जान खोजेपछि समस्या आएको हो।
नेकपा माओवादी केन्द्रका एसिया प्रदेश समितिका अध्यक्ष शनि कुमार ओलीले सबै विषय स्पष्ट भएपछि भम्रण स्थगित भइसकेको बताए।
‘माननीय माधव सापकोटालाई उक्त कार्यक्रम अनाधिकारिक र विवादास्पद हो भन्ने जानकरी नभएर हो। सबै कुराको जानकारी भएपपछि उहाँको भ्रमण स्थगित भएको छ’, उनले भने। उनको भ्रमणबारे सञ्चारमाध्यममा खबर आएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले आवश्यक एक्सन लिँदै भ्रमण स्थगित गराएको बताइएको छ।
केसी समुहको एनआरएनएले थाइल्यान्ड र कम्बोडियामा छुट्टाछुट्टै सम्मेलन गर्दैछ। थाइल्यान्डको बैंककमा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन मार्च १५ र १६ मा हुँदैछ। यस्तै मार्च १८ र १९ मा कम्बोडियाको फोनमपेन्हमा १० औं एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन गर्दैछ। जुन दुबै सम्मेलनमा आफू सहभागी हुन लागेको सापकोटाले समेत स्वीकारेका थिए। भ्रमण स्थगित भएपछि भने उनी सम्पर्कमा आएनन्।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया