बिएल संवाददाता
नेपालसहित आठ देशका नागरिक आन्दोलन, मजदुर संघ, किसान समूह, महिला समूहहरू र नागरिक समाज संगठनहरूले आइएमएफ र विश्व बैंक विरुद्धमा आन्दोलनको घोषणा गरेका छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेला गरी उनीहरुले नेपाल, भारत, श्रीलका, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया र मलेसियाका नागरिक आन्दोलन, मजदुर संघ, किसान समूह, महिला समूहहरू र नागरिक समाज संगठनहरूले आईएमएफ र विश्व बैंकका हानिकारक नीतिहरू बन्द गर्न चैत्र २ र ३ गते आन्दोलन गर्ने नेपालका वरिष्ठ अभिवक्ता पद्म बहादुर श्रेष्ठले दिएका हुन्।
उनले ८५ प्रतिशत भन्दा बढी विश्व जनसंख्या आईएमएफ र विश्व बैंकका कठोर नीतिहरूबाट प्रभावित रहेको भन्दै भने, ‘यसका कठोर नीति तथा खर्च कटौतीका कारण श्रम कानुनहरू कमजोर बनाइएका छन्।
सले महिलाहरूलाई असुरक्षित रोजगारीमा धकेलिरहेको छ। यी संस्थाहरूको तथाकथित ‘लैंगिक रणनीति’ र ‘महिला सशक्तीकरण’ अभियानहरू पूर्णरूपमा असफल साबित भएका छन्।’ इन्डोनेसियाका मुहम्मद रेजा साहिब सेले भने, ‘विश्व बैंकको उद्देश्य विश्व आर्थिक स्थिरता थियो तर आज तिनीहरू बजार–केन्द्रित समाधानमा मात्र केन्द्रित छन्। यसले समानता होइन, झन् असमानता निम्त्याएको छ।’
त्यस्तै एशियन पिपुल्स मुभमेन्ट अन डेब्ट एन्ड डेभलपमेन्टकी सयोजक लिडी नाकपिलले आईएमएफ र विश्व बैंकले ८० वर्ष मनाइरहँदा विश्व दक्षिणमा कर्जाको चपेटाले निम्त्याएको संकट अझै विकराल बनेको बताइन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया