बिएल संवाददाता
पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता नेपाल झलनाथ खनालले बीआरआईले अधिकतम रुपमा नेपाललाई हित हुनेगरी परियोजनाहरू लागू गर्ने प्रकृया थालनीको महत्वपूर्ण अवसर प्राप्त भएको बताएका छन्।
काठमाडौंमा बीआरआईबारे नेपालको सन्दर्भमा चीन र नेपालको तर्फबाट विज्ञ तथा प्राध्यापकहरू सम्मिलित बौद्धिक व्यक्तित्वहरूको सहभागितामा ‘काष्ठमण्डप डायलग’ सिरिजको पहिलो छलफल कार्यक्रममा बोल्दै उनले नेपालले बीआरआई कन्सेप्टलाई सही ढंगले नबुझेको बताए।
उनले भने, ‘अब नेपालले बीआरआई कन्सेप्टलाई सही ढंगले बुझ्दैन। हाम्रो देशको आवश्यकता अनुरुप हाम्रो देशको ठोस परिस्थिति अनुरुप हामीले बीआरआईसँग सम्बन्ध भएर के कस्ता प्रोजेक्टहरू लागू गर्न सक्छौं। आवश्यकता के हो भन्ने विषयमा गहन छलफल गर्दै प्रस्तावहरू अघि सार्दै अधिकतम रुपमा नेपाललाई हित हुनेगरी यी परियोजनाहरू लागू गर्ने प्रकृया थालनी महत्वपूर्ण अवसर प्राप्त भएको छ। त्यसको लागि हामीले बुद्धि पुर्याएर अगाडि बढ्नुपर्ने आवश्यकता छ।’
त्यस्तै उनले कुनै पनि कुरा अगाडि बढाउँदा सम्बन्धित स्टेक होल्डरहरूसँग,आम जनतासँग देशका वौद्धिक समुदायसँग र सम्बन्धित विशेषज्ञसँग छलफल गर्ने परम्परा विकास गर्न नसकिएको बताए।
उनले भने, ‘हाम्रो देशमा के समस्या छ भने, हामी कुनै पनि कुरा अगाडि बढाउँदाखेरी हामीले सम्बन्धित स्टेक होल्डरहरूसँग, आम जनतासँग देशका बौद्धिक समुदायसँग र सम्बन्धित विशेषज्ञसँग छलफल गर्ने परम्परा विकास गर्न सकेको छैन।’
साथै उनले बीआरआई प्रोजेक्ट नेपालको लागि लाभदायी प्रोजेक्ट भएको भन्दै उनले अब विवाद हुनु पर्ने आवश्यकता नरहेको बताए।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया