बिएल संवाददाता
रोल्पा नमूना क्याम्पस, परिवर्तन गाउँपालिका-५ बागमाराको स्ववियु निर्वाचनमा नेकपा निकट संगठन अखिल समाजवादीका चुडामणि केसी निर्वाचित भएका छन्।
आफ्नो पक्षमा ७१ मत प्राप्त गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन्। प्रतिद्वन्दी कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र निकट संगठनका साझा उम्मेद्वार दिपेन्द्र डाँगीलाई २९ मत्तान्तरले पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन्।
डाँगीले ४२ मत मात्र प्राप्त गरेका निर्वाचन मण्डलका संयोजक गोपालबहादुर केसीले बताए।
कोषाध्यक्षमा अखिल समाजवादीका टोपबहादुर परियार निर्वाचित भएका छन्। परियारले ७१ मत प्राप्त गर्दा प्रतिद्वन्दी निर्मला डाँगीले ४५ मत प्राप्त गरेका छन्।
सचिवमा अखिल समाजवादीका देवेन्द्र डाँगीले ६७ मत प्राप्त गर्दा प्रतिद्वन्दी प्रकाश रोका मगरले ४१ मत प्राप्त गरे। अखिल समाजवादीका सदस्य देवी रिजालले ७१ मत प्राप्त गर्दा प्रतिद्वन्दी कमला पुन मगरले ४४ मत प्राप्त गरिन्।
अखिल समाजवादीबाट सदस्यमा सीमाना बुढाले ७२ मत प्राप्त गर्दा प्रतिद्वन्दी अञ्जना बुढा मगरले ४४ मत गरिन्।
अर्का नेकपा माओवादी केन्द्र निकट संगठन अखिल (क्रान्तिकारी)का सदस्य ओमसरी घर्ती मगर भने फागुन १९ गते मनोनयन दर्ता नै सर्वसम्मत निर्वाचित भएका थिए।
जम्मा १ सय २८ मतदाता रहेको क्याम्पसमा १ सय १७ मत खसेको थियो। मतदानमा ११ जना अनुपस्थित रहेको निर्वाचन समितिले जानकारी दिएको छ। त्यस्तै स्वतन्त्र उम्मेद्वार पृथी केसी र टिकाजङ घर्ती मगरले शून्य मत पाए।
समानुपातिकतर्फ ४ मत बदर भएको र प्रत्यक्षमा शून्य मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया