बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोनमा वार्ता भएको छ। करिब ९० मिनेटसम्म भएको टेलिफोन कुराकानीमा ‘खास’ प्रगती हुन नसकेको ह्वाइट हाउसले जनाएको छ।
त्यसअघि साउदी अरबमा अमेरिकी अधिकारीहरूसँग भएको वार्तामा युक्रेन ३० दिनका लागि युद्धबिराम गर्न तयार भएको थियो। त्यही प्रस्ताव लिएर अघिल्लो साता ट्रम्पले आफ्ना दूतलाई वार्ताका लागि रुसमा पठाएका थिए। त्यो बेला पुटिनले केही शर्तहरू पठाएका थिए। तर अन्तिम निर्णय दिएका थिएनन्।
ट्रम्पसँग भएको टेलिफोन वार्तामा भने कम्तीमा ३० दिनका लागि युक्रेनका कुनै पनि उर्जा संरचनामा आक्रमण नगर्ने सहमति भएको छ। यो समझदारी युक्रेनले पनि स्वीकार गर्नेछ।
यो बीचमा ब्ल्यक सीमा पानी जहाजहरूको सुरक्षामा पनि ध्यान दिइनेछ।
बुधबारदेखि नै रुस र युक्रेनले बन्दीहरू आदान प्रदान गर्ने पनि बताइएको छ। रुसमा उपचाररत युक्रेनी सैनिकलाई पनि रुसले युक्रेनलाई फिर्ता दिनेछ।
यसलाई ह्वाइट हाउसले भने ‘दीगो शान्तिका लागि एक कदम अघि बढेको’ बताएको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया