बिएल संवाददाता
दाङ देउखुरीको देउखुरी बहुमुखी क्याम्पसमा ‘स्वतन्त्र विद्यार्थी’को समूहले जितेको छ। सोमबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका मिलन चौधरीले अरु दलीय विद्यार्थी संगठनलाई हराउँदै स्ववियु सभापतिमा बिजयी भएका हुन्।
मिलनले नेतृत्व गरेको ‘स्वतन्त्र विद्यार्थी’को पूरै प्यानलले जितेको छ।
सभापतिमा निर्वाचित मिलनले ४४६ मत प्राप्त गरे। अखिल संयुक्तका सम्भु जिसीले २५७ मत प्राप्त गरेका छन्। उनलाई अनेरास्ववियु, क्रान्तिकारी तथा समाजवादीका विद्यार्थी संगठनहरूले समर्थन गरेका थिए। नेपाल विद्यार्थी संघका उम्मेदवार राजन भुषालले २४२ मत पाए।
त्यस्ट्टै सचिवमा अनुकुमारी यादव, कोषाध्यक्षमा आयुष्मा चौधरी, र सदस्यहरूमा लक्ष्मीकुमारी यादव, सरीता पुन, सुदीप चौधरी, आशिका चौधरी, अनिलनाथ योगी, कामना चौधरी र प्रवीन चौधरी बिजयी भएका छन्।
यसअघि पुल्चोक क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका थिए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया