बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजा महाराजालाई नेपाली जनताले इतिहासको विषय बनाई सकेको बताएका छन् ।
मंगलबार २७औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा आयोजित सहिद परिवार अभिनन्दन तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान समारोहमा उनले पहिलेका राजा महाराजाहरूलाई इतिहासको विषय बनाइसकेको नेपाली जनता, नेपाल र नेपालको संविधानले फेरि अर्को मुर्खता गर्न नहुने भन्दै यस्तो काम भएमा निकै ठूलो मूल्य चुकाउनुपर्ने बताए।
जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएको संविधानमाथि प्रश्न उठाउने प्रयास र दुश्साहस भएको पनि उनको भनाइ छ।
उनले भने, ‘नेपालको संविधानले पहिलो पटक इतिहासमा नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न गरेको छ। यो सबैभन्दा ठूलो ऐतिहासिक उपलब्धि हो। जसले जनतालाई व्यक्ति, राजा महाराजा र तानाशाहको हातबाट खोसेर सार्वभौम अधिकार जनताको हो भन्ने मान्यता स्थापित गरेको छ। आज यहीमाथि केही मानिसहरूले प्रश्न उठाउने प्रयास र दुश्साहस गरेका छन्। पहिलेका राजा महाराजाहरू जसलाई इतिहासको विषय बनाई सकेको छ नेपाली जनताले, नेपाल र नेपालको संविधानले फेरि अर्को मुर्खता नगरौं त्यसो भयो भने त्यसले निकै ठूलो मूल्य चुकाउनु पर्ने अवस्था आउन सक्छ।’
उनले लामो संघर्ष र बलिदानपछि, संविधान सभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्र घोषणाको ठाँउसम्म आई पुगेको भन्दै यसैको बलिदानको फलको रुपमा नयाँ संविधान बनेको दाबी गरे।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया