बिएल संवाददाता
नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले आफ्नो अभिव्यक्तिप्रति सदनबाटै माफी मागेका छन्।
गत आइतबार देशको विकास र पर्यटकहरूको वृद्धिका लागि यौन व्यवसायलाई कानुनी रुपमा मान्यता दिनुपर्ने बताएका थिए। यसप्रति धेरै टिकाटिप्पणी भएपछि बुधबार बसेको प्रतिनिधिसभाको बैठकबाटै उनले माफी मागेका हुन्।
उनले भने, ‘यही चैत्र ३ गते विशेष समयमा मैले अभिव्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष रुपमा राखेको व्यक्तिगत धारणाहरू हुन्। यो धारणा कांग्रेस पार्टी र संसदीय दलको आधिकारीक धारणा पनि होईन। यस विचारले संसदका सदस्यहरु र जन समुदायमा समेत नकारात्मक प्रभाव परेको परेको उहाँहरुसँग क्षमायाचना चाहन्छु।’
घिमिरेले आफूले रोखेको अभिव्यक्ति पार्टी र संसदीय दलको आधिकारिक धारणा नभई व्यक्तिगत धारणामात्र भएको पनि प्रष्ट पारे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया