बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले काठमाडौंको टोखाबाट समातिएको २५ करोड रुपैयाँको मालिक सार्वजनिक गर्न माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विगतमा ३५ किलो, ८० किलो परिणाममा सुन समातिए पनि त्यसको मालिक पत्ता नलागेको भन्दै अहिले पनि त्यस्तै हुने आशंका व्यक्त गरेका हुन्।
उनले भने, ‘२५ करोड रुपैयाँ टोखामा समातियो। विगतमा पनि कहिले ३५ किलो, कहिले ८० किलो सुन समातियो भनेर सुन्यौं। ड्राइभरलाई, भरियालाई मात्रै थुनेर राखियो। कहिलेपनि त्यसको मालिक को हो भन्ने पत्ता लागेन। यसपाली पनि यो २५ करोडको मालिक पत्ता नलाग्ला र ट्रक ड्राइभरलाई थुनेर नै थामथुम पारिएला कि भन्ने डर छ। यसरी नै सधैं भरियामात्रै समातेर र कालाबजारीहरूलाई संरक्षित गरिराखेर सुशासन कसरी हुन्छ?’
साथै उनले सिरहामा दलितको घर भत्काएर महायज्ञको तयारी गरेको भन्दै घोर भत्र्सना गरे। उनले यो घटनामा सम्बन्धित रहेकाहरूलाई कडा कारवाहीको मागसमेत गरे।
उनले भने, ‘सिरहामा जुन घटना भयो एउटा दलितको घर भत्काएर महायज्ञको तयारीको घोर भत्र्सना गर्न चाहन्छु। सम्बन्धित साझेदारहरूलाई र निकायहरूलाई यसमा कडा कारवाही गर्नको लागि अनुरोध गर्दछु।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया