बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले काठमाडौंको टोखाबाट समातिएको २५ करोड रुपैयाँको मालिक सार्वजनिक गर्न माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विगतमा ३५ किलो, ८० किलो परिणाममा सुन समातिए पनि त्यसको मालिक पत्ता नलागेको भन्दै अहिले पनि त्यस्तै हुने आशंका व्यक्त गरेका हुन्।
उनले भने, ‘२५ करोड रुपैयाँ टोखामा समातियो। विगतमा पनि कहिले ३५ किलो, कहिले ८० किलो सुन समातियो भनेर सुन्यौं। ड्राइभरलाई, भरियालाई मात्रै थुनेर राखियो। कहिलेपनि त्यसको मालिक को हो भन्ने पत्ता लागेन। यसपाली पनि यो २५ करोडको मालिक पत्ता नलाग्ला र ट्रक ड्राइभरलाई थुनेर नै थामथुम पारिएला कि भन्ने डर छ। यसरी नै सधैं भरियामात्रै समातेर र कालाबजारीहरूलाई संरक्षित गरिराखेर सुशासन कसरी हुन्छ?’
साथै उनले सिरहामा दलितको घर भत्काएर महायज्ञको तयारी गरेको भन्दै घोर भत्र्सना गरे। उनले यो घटनामा सम्बन्धित रहेकाहरूलाई कडा कारवाहीको मागसमेत गरे।
उनले भने, ‘सिरहामा जुन घटना भयो एउटा दलितको घर भत्काएर महायज्ञको तयारीको घोर भत्र्सना गर्न चाहन्छु। सम्बन्धित साझेदारहरूलाई र निकायहरूलाई यसमा कडा कारवाही गर्नको लागि अनुरोध गर्दछु।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया