बिएल संवाददाता
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनतामा नेतृत्वहरूप्रति वितृष्णा बढेको बताएका छन्।
शुक्रवार नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले दुई दलको सरकार बनाउँदा गरिएको सम्झौता कार्यन्वयन नहुँदा जनता निरासा बढेको बताएका हुन्। उनले भने, ‘हामीले राम्ररी काम गर्यौ भने डराउनुपर्ने अवस्था म देख्दिन् । सरकारको नेतृत्व दुई ठुला दलले गरेका छन्। ति दुई ठुला दलको जिम्मेवारीमा रहेको सात बुँदे सम्झौता कार्यान्वयन नै भएन्। जनता निरास भएका छन्। जनता अहिले कसको पक्षमा छ भन्ने होइन, जनता हामीसँग, नेतृत्वहरुप्रति वितृष्णा छ। यस्तो वितृष्णा हामीहरुले हटाउनुपर्छ । वितृष्णा नहटाइ काम गर्यौं भने दुर्घटनामा पर्छौं।’
उनले नेपाली कांग्रेस अहिलेको समस्या समाधानको लागि मियो बन्नुपर्ने समयमा एमाले, माओवादीको पछि लागेको बताए। ‘नेपाली कांग्रेस नागरिकको पार्टी हो । तर अहिले यतातिर आएर नेपाली कांग्रेस जुन मियो बन्नु पर्ने हो परेन्। अहिलेको समस्याको समाधानका निम्ति नेपाली कांग्रेस आफैं कहिले एमालेको पछि लागिरहेको छ, कहिले माओवादीको पछि लागिरहेको छ।’
यस्तै नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले सामाजिक सञ्जाल विधेयक नागरिकको गोपनियताको हकमा फोकस हुनुपर्ने बताए। यस्तै उक्त विचार गोष्ठीमा बोल्दै नेपाली कांग्रेसका नेता एनपी साउदले सविधान सशोधनको लागि दुई तिहाईको सरकारले पहिले पाइला पनि चाल्न नसकेको बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया