बिएल संवाददाता
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनतामा नेतृत्वहरूप्रति वितृष्णा बढेको बताएका छन्।
शुक्रवार नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले दुई दलको सरकार बनाउँदा गरिएको सम्झौता कार्यन्वयन नहुँदा जनता निरासा बढेको बताएका हुन्। उनले भने, ‘हामीले राम्ररी काम गर्यौ भने डराउनुपर्ने अवस्था म देख्दिन् । सरकारको नेतृत्व दुई ठुला दलले गरेका छन्। ति दुई ठुला दलको जिम्मेवारीमा रहेको सात बुँदे सम्झौता कार्यान्वयन नै भएन्। जनता निरास भएका छन्। जनता अहिले कसको पक्षमा छ भन्ने होइन, जनता हामीसँग, नेतृत्वहरुप्रति वितृष्णा छ। यस्तो वितृष्णा हामीहरुले हटाउनुपर्छ । वितृष्णा नहटाइ काम गर्यौं भने दुर्घटनामा पर्छौं।’
उनले नेपाली कांग्रेस अहिलेको समस्या समाधानको लागि मियो बन्नुपर्ने समयमा एमाले, माओवादीको पछि लागेको बताए। ‘नेपाली कांग्रेस नागरिकको पार्टी हो । तर अहिले यतातिर आएर नेपाली कांग्रेस जुन मियो बन्नु पर्ने हो परेन्। अहिलेको समस्याको समाधानका निम्ति नेपाली कांग्रेस आफैं कहिले एमालेको पछि लागिरहेको छ, कहिले माओवादीको पछि लागिरहेको छ।’
यस्तै नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले सामाजिक सञ्जाल विधेयक नागरिकको गोपनियताको हकमा फोकस हुनुपर्ने बताए। यस्तै उक्त विचार गोष्ठीमा बोल्दै नेपाली कांग्रेसका नेता एनपी साउदले सविधान सशोधनको लागि दुई तिहाईको सरकारले पहिले पाइला पनि चाल्न नसकेको बताए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया