बिएल संवाददाता
नेकपा एकिकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भ्रष्टाचार र कमिसनमा सम्झौता गर्ने प्रवृत्ति सरकारभित्रै रहेका कारण हवाई यातायात सुरक्षित हुन नसकेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘नेपालमा हवाई यात्रा कति सुरक्षित?’ विषयक अन्तर्क्रियामा उनले हवाई यातायातलाई सुरक्षित गर्ने कुराहरूमा सरकारले गम्भीरतापूर्वक कदमहरू नचालेको कारण हवाइ यातायात सुरक्षित हुन नसकेको बताए।
उनले भने, ‘हवाई यातायातको विकास भएको लामो समय भएको छैन। तरपनि यो अवधिमा हवाई यातायातलाई जुन तरिकाले सुरक्षित गर्नुपर्ने थियो, त्यो सुरक्षित गर्ने कुराहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डहरु, ऐन, कानूनहरू पालना भएका छैनन्। कानूनहरूलाई पालना गर्ने र हवाई यातायातलाई सुरक्षित गर्ने कुराहरूमा सरकारले गम्भीरतापूर्वक लिन सकेन्। भ्रष्टाचार र गलत प्रवृत्तिसँग सधैँ सम्झौता गर्ने प्रवृत्ति सरकार भित्रै छ। सोही कारणले हवाई यातायात सुरक्षित हुन सकेको छैन्।’
उनले नेपालको शासन सत्तामा दलाल पुँजीपति वर्गका दलालीहरू मात्र रहेको बताए।
उनले भने, ‘हाम्रो देशमा जुन प्रकारको शासन सत्ता छ, नाम कम्युनिष्ट पार्टी समेत राखिएको छ। तर कम्युनिष्ट पार्टीका नाम राखेपनि तिनीहरू वास्तवमा दलाल पुँजीपति वर्गभित्र दलाली गर्ने बाहेक अरु कोही पनि छैनन्। यही कमिसनको भोकले नेताहरू एकपछि अर्को विक्री भइरहेको, कमिशनखोरहरूले उनीहरूलाई खरिद गरिरहेका छन्। जसका कारण देशमा विकृती र विसंगती बढ्दै गएको छ।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया