बिएल संवाददाता
कवाड व्यवसायी समाज नेपालले व्यवसायीमाथिको धरपकट तत्काल नरोकिए काठमाडौं महानगरपालिकाविरुद्ध थप संघर्षका कदमहरू अगाडि बढाउने चेतावनी दिएको छ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कवाड व्यवसायी समाजले महानगरले गरिरहेको ज्यादती तत्काल रोकेर सहज ढंगले व्यवसाय गर्ने वातावरण निर्माण गरिदिन आग्रह गर्दै नरोकिए थप संघर्षका कदमहरू अगाडि बढाउने चेतावनी दिएको हो।
महानगरले कवाड व्यवासायीहरूको व्यवसायस्थलमा डोजर चलाएर आतङ्क मच्चाएको, तोडफोड गरेको, साइकल र समान जफत गरेको उनीहरूको आरोप छ। उनीहरूले आफूहरूको जिउ, धनको रक्षाका लागि सरोकारवालाहरूको पनि ध्यानाकर्षण गराएका छन्।
कवाड व्यवसायी समाजले व्यवसायीमाथि भइरहेको ज्यादतीको विरुद्धमा भोलि बिहान ११ बजे महानगर घेर्ने तयारी गरेका छन्।
पत्रकार सम्मेलनमा संघर्ष समितिका नेता ओमप्रकाश सिंह, जोगेन्द्र साह, मनोहर जैसवाल, सुरेश साह, सरोज श्रेष्ठ, गोपाल जैसवाल, उपेन्द्र साह, रविशंकर जैसवाल, कृष्ण यादव, श्याम यादव, आर्या पाण्डेलगायत सहभागी थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया