बिएल संवाददाता
ललितपुर महानगरपालिका वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोला पुलको उद्घाटन गरिएको छ।
बिहीबार ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको उपस्थितीमा नख्खु खोला पुलको समुद्घाटन गरिएको हो।
पुल उद्घाटन गर्दै नगर प्रमुख महर्जनले पुल नभएका कारण धेरैले अकालमै ज्यान गुमाएका कारणले धेरै ठाउँमा पुल निर्माणदेखि लिएर शिलान्यास गरिसकेको बताए।
उनले नगरपालिका र कर्मचारीहरूको पहिलो प्राथमिकता नगरवासीहरूलाई एउटा सानोतिनो घाउँ पनि नलागोस् भन्ने उद्देश्यले नै आफूहरू अनवरत रुपमा काम गरिराखेको बताए।
उनले भने, ‘हालसम्मको तथ्यांक हेर्ने हो भनेपनि पुल नभएको कारणले करिब १६ जनाले ज्यान गुमाउन पुगे। त्यसैले ट्राफिक दुर्घटनालाई हटाउनका लागि महानगरपालिकाले विभिन्न ठाउँमा पुलहरू निर्माण गरिरहेको छ। नगरपालिका र कर्मचारीहरूको पहिलो प्राथमिकता भनेको नगरवासीहरूलाई एउटा सानोतिनो घाउँ पनि नलागोस् भन्ने नै हो। त्यसैले हामी अनवरत रुपमा काम गरिरहेका छौं।’
उनले अब निकट भविष्यमै कुसुन्तीमा एउटा अपांगमैत्री पुल सञ्चालनमा आउने समेत जानकारी गराए।
उनले भने, ‘तीनवटा पुल नै उद्घाटन गरिसकेका छौं। अर्को पुलको शिलान्यास भइसकेको छ, अब निकट भविष्यमै कसुन्तीमा एउटा अपांगमैत्री पुल बनाइरहेका छौं, त्यसमा चक्रपथ क्रस गर्नका लागि हामी साधारण मान्छे वारपार गर्न सक्छौं तर अपांगहरूको लागि पनि केही गरौं न भनेर अपांगमैत्री पुल बनाएका हौं।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया