बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शमशेर राणा पक्राउ परेको सूचना संसद सचिवालय पुगेको छ।
सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने संविधानको धारा १०३ को उपधारा ३ को व्यवस्था अनुसार प्रहरीले राणालाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सांसद राणा पक्राउ परेको सम्बन्धी सूचना प्राप्त भएको जानकारी दिएका छन्।
अब आइतबार बस्ने संसद बैठकमा सभामुखले संसदलाई राणा पक्राउ परेको सूचना दिनेछन्।
शुक्रबारको राजावादीको हिंसात्मक गतिविधि भड्काउन मतियार रहेको आरोपमा पक्राउ परेका उनी संसदीय गतिविधिबाट बन्चित भएका छन्।
यद्यपि प्रतिनिधिसभा नियमावली अनुसार पक्राउ पर्दैमा तत्काल राणाको सांसद पल निलम्बन हुने छैन।
नियमावलीअनुसार उनीविरुद्ध तीन वर्षभन्दा बढी सजाय माग दाबी गर्दै अभियोग दायर भएमा र उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको अवस्थामा मात्र उनको सांसद पद निलम्बन हुन्छ।
अब राणाले सफाइ पाए वा थुनामुक्त भएमा मात्रै संसदीय गतिविधिमा सरिक हुन पाउनेछन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया