बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शमशेर राणा पक्राउ परेको सूचना संसद सचिवालय पुगेको छ।
सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने संविधानको धारा १०३ को उपधारा ३ को व्यवस्था अनुसार प्रहरीले राणालाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सांसद राणा पक्राउ परेको सम्बन्धी सूचना प्राप्त भएको जानकारी दिएका छन्।
अब आइतबार बस्ने संसद बैठकमा सभामुखले संसदलाई राणा पक्राउ परेको सूचना दिनेछन्।
शुक्रबारको राजावादीको हिंसात्मक गतिविधि भड्काउन मतियार रहेको आरोपमा पक्राउ परेका उनी संसदीय गतिविधिबाट बन्चित भएका छन्।
यद्यपि प्रतिनिधिसभा नियमावली अनुसार पक्राउ पर्दैमा तत्काल राणाको सांसद पल निलम्बन हुने छैन।
नियमावलीअनुसार उनीविरुद्ध तीन वर्षभन्दा बढी सजाय माग दाबी गर्दै अभियोग दायर भएमा र उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको अवस्थामा मात्र उनको सांसद पद निलम्बन हुन्छ।
अब राणाले सफाइ पाए वा थुनामुक्त भएमा मात्रै संसदीय गतिविधिमा सरिक हुन पाउनेछन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया