बिएल संवाददाता
अभिनेत्री मनिषा कोइरालाले राजावादीको आन्दोलनमा हिंसात्मक भएकोप्रति टिप्पणी गरेकी छन्।
राजतन्त्रकै पक्षधर कोइरालाले आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भएपछि असन्तुष्टि जनाएकी हुन्।
शुक्रबार राति उनले सामाजिक सञ्जाल एक्समा लेखेकी थिइन्, ‘जब अपराधीहरू देशका नेता बन्छन्!’
उनको भनाइमा समर्थन गर्दै नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले पनि समर्थन गर्दै जवाफ फर्काएकी छन्। उनले कोइरालाको ट्वीटमा भनिन्, ‘जब अपराधीहरू देशको राजा बन्छन्... यो सत्य हो।’
मनिषा कोइराला राजावादी हुन्। उनले शुक्रबारको आन्दोलनमा पनि समर्थन गरेकी थिइन्। तर, आन्दोलन हिंसात्मक भएपछि उनले यस्तो टिप्पणी गरेकी हुन्।
तर, उनको यो अभिव्यक्ति सरकारलक्षित हो कि राजावादीलक्षित हो? भन्ने स्पष्ट खुलाएकी छैनन्। उनका समर्थकहरूले उनको अभिव्यक्तिलाई आफूअनुकुल व्याख्या गरिरहेका छन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया