बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ।
शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकान गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले दुई नेतासहित पक्राउ परेका सबै आन्दोलनकारीलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको जानकारी गराए।
पक्राउ परेकाहरू २४ घण्टाभित्र रिहा नभए देशव्यापी विरोधका कार्यक्रमहरू र आन्दोलन गर्ने चेतावनी राप्रपाले दिएको छ।
बैठकले सरकारकै कारण तीनकुने घटना भएको निष्कर्ष निकाल्दै मृतकहरूलाई शहिद घोषणा गर्न माग गरेको छ।
शुक्रबारको हिंसात्मक आन्दोलनमा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया