बिएल संवाददाता
नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले ‘मरिसकेको राजतन्त्र’लाई फेरी ब्युँताउने सपना नदेख्न राजावादीलाई चेतावनी दिएका छन्।
राष्ट्रिय युवा संघ नेपाल रामेछाप नगरपालिका कमिटीले शनिबार पुष्पलालको जन्मथलो रामेछापमा आयोजना गरेको तेस्रो नगर अधिवेशन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढुङ्गेलले विकास विरोधी नवराज सुवेदी जस्ता ‘गन्हाउने सिद्रा’लाई बोकेर राजतन्त्र फिर्ता ल्याउने सपना नदेख्न चेतावनी दिए।
‘रामेछापको विकास रोक्ने, रामेछापका जनतालाई भरियाको युगबाट माथि उठ्न नदिने, विकास विरोधी नवराज सुवेदीलाई बोकेर पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र फर्काउने सपना नदेखे हुन्छ’, उनले भने।
अबको लडाइँ राजावादी र गणतन्त्रवादीको अन्तिम लडाइँ भएको बताउँदै ढुङ्गेलले राजावादीको इँटाको जवाफ पत्थरले दिने चेतावनी दिए।
‘व्यक्तिको घर फोर्ने, पत्रकारलाई ज्युँदै जलाउने, पसल लुट्ने, रक्सी लुट्ने, फलफूल लुट्ने, यस्ता मान्छेलाई लिएर राजवादीहरू कता जाँदै छन्?’ ढुङ्गेलले प्रश्न गरे।
‘लुटेरा जम्मा गरेर अराजकता मच्चाउने पूर्वराजा ज्ञानेन्द्रलाई पूर्जी काटेर जेलमा हाल्नुपर्छ, त्यसका मतियार नवराज सुवेदीलाई गोलघरमा हाल्नुपर्छ, यो व्यवस्थाभित्र बसेर यही व्यवस्थाको विरुद्ध लाग्ने राप्रपाका नेताहरूलाई जेल हाल्नुपर्छ, अराजक दुर्गा प्रसाईँलाई हतकडी लगाएर ल्याउनुपर्छ, यस्ता अराजकलाई थुन्ने काम हुनुपर्छ’, उनले भने।
ढुङ्गेलले राजनीति गर्न सजिलो भएपनि टिक्न गाह्रो भएको बताए। समाजवादको बाटो सुखको बाटो नभएको उनले स्पष्ट पारे। रक्सी खाएर लरबराएर हिँड्ने मानिस समाजवादको बाटोमा हिँड्न नसक्ने उनले स्पष्ट पारे।
समृद्ध नेपाल सुखी नेपाली बनाउने पार्टी नेकपा एमाले नै भएको बताउँदै एमालेलाई शीरमा बोकेर हिँड्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया