बिएल संवाददाता
नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले ‘मरिसकेको राजतन्त्र’लाई फेरी ब्युँताउने सपना नदेख्न राजावादीलाई चेतावनी दिएका छन्।
राष्ट्रिय युवा संघ नेपाल रामेछाप नगरपालिका कमिटीले शनिबार पुष्पलालको जन्मथलो रामेछापमा आयोजना गरेको तेस्रो नगर अधिवेशन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढुङ्गेलले विकास विरोधी नवराज सुवेदी जस्ता ‘गन्हाउने सिद्रा’लाई बोकेर राजतन्त्र फिर्ता ल्याउने सपना नदेख्न चेतावनी दिए।
‘रामेछापको विकास रोक्ने, रामेछापका जनतालाई भरियाको युगबाट माथि उठ्न नदिने, विकास विरोधी नवराज सुवेदीलाई बोकेर पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र फर्काउने सपना नदेखे हुन्छ’, उनले भने।
अबको लडाइँ राजावादी र गणतन्त्रवादीको अन्तिम लडाइँ भएको बताउँदै ढुङ्गेलले राजावादीको इँटाको जवाफ पत्थरले दिने चेतावनी दिए।
‘व्यक्तिको घर फोर्ने, पत्रकारलाई ज्युँदै जलाउने, पसल लुट्ने, रक्सी लुट्ने, फलफूल लुट्ने, यस्ता मान्छेलाई लिएर राजवादीहरू कता जाँदै छन्?’ ढुङ्गेलले प्रश्न गरे।
‘लुटेरा जम्मा गरेर अराजकता मच्चाउने पूर्वराजा ज्ञानेन्द्रलाई पूर्जी काटेर जेलमा हाल्नुपर्छ, त्यसका मतियार नवराज सुवेदीलाई गोलघरमा हाल्नुपर्छ, यो व्यवस्थाभित्र बसेर यही व्यवस्थाको विरुद्ध लाग्ने राप्रपाका नेताहरूलाई जेल हाल्नुपर्छ, अराजक दुर्गा प्रसाईँलाई हतकडी लगाएर ल्याउनुपर्छ, यस्ता अराजकलाई थुन्ने काम हुनुपर्छ’, उनले भने।
ढुङ्गेलले राजनीति गर्न सजिलो भएपनि टिक्न गाह्रो भएको बताए। समाजवादको बाटो सुखको बाटो नभएको उनले स्पष्ट पारे। रक्सी खाएर लरबराएर हिँड्ने मानिस समाजवादको बाटोमा हिँड्न नसक्ने उनले स्पष्ट पारे।
समृद्ध नेपाल सुखी नेपाली बनाउने पार्टी नेकपा एमाले नै भएको बताउँदै एमालेलाई शीरमा बोकेर हिँड्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया