बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै छन्।
लामिछानेले रास्वपाका सांसदहरुसहित आज बिहान १० बजे सिंहदरबारमा सभामुखलाई भेट्न लागेको प्रवक्ता मनिष झाले जनाकारी दिएका हुन्।
उनीविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा विपक्षी बनाएर मुद्दा दायर भएपछि गत पुस ८ गतेदेखि सांसद पद निलम्बन भएको थियो।
तर लामिछानेले संबिधान विपरित सांसदबाट आफुलाई निलम्बन गरिएको बाताउँदै आएका छन्।
आफू जेलमा रहँदा उनले कार्यबाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिएका छन्।
साढे पाँच महिनापछि रविले पार्टी कार्यालयमा एउटा औपचारिक सम्बोधन गरेर फेरि पार्टीको जिम्मेवारी सम्हालेका छन्।
विभिन्न जिल्लामा दर्ता भएका चार सहकारी ठगीका मुद्दाहरूमा अदालतले उनलाई धरौटीमा रिहा गरेको छ।
रिहा भएपछि पहिलोपटक उनले औपचारिकरुपमा सार्वजनिक अभिव्यक्ति दिएका हुन्।
योसँगै उनी अब फेरि पार्टीको नेतृत्व लिएर जिम्मेवारीमा फर्किएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया