बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमाले नेतृत्वको सरकारको कामबाट कांग्रेस सन्तुष्ट नरहेको अभिव्यक्ति दिएका छन्।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै खतिवडाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कामबाट आफूहरू सन्तुष्ट हुन नसकेको बताएका हुन्।
उनले सरकारको गियर बदल्नुपर्ने बेला आएको बताए। उनले तीनकुने घटनाको बारेमा निष्पक्ष छानबिनको पनि माग गरेका छन्।
उनले भने, ‘अहिले जनआक्रोश बढेको देखिन्छ। तीनकुनेमा पनि देखियो। त्यो घटनाको निष्पक्ष छानबिन हुनुपर्छ। निराशा र कुण्ठित अभिव्यक्तिले मात्रै मुलुक बन्दैन। अहिले सरकार जसरी चलेको छ त्यसले कसैको चित्त बुझेको छैन। गियर परिवर्तन गर्नुपर्छ।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया