बिएल संवाददाता
काठमाडौंको तीनकुनेमा शुक्रबार राजावादीहरूको हिंसात्मक प्रदर्शनका क्रममा गोली लागेकी रेबिका खत्रीको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भेटेका छन्।
मंगलबार मीनभवन स्थित सिभिल अस्पताल पुगेर रेविकाको स्वास्थ्य स्थिति बुझ्नुका साथै उनको परिवारलाई भेटेको सांसद सोबिता गौतमले बताइन्।
रेविकालाई भेट्न रास्वपाका सांसद गणेश पराजुली, डा चन्दा कार्की र सांसद गौतम पुगेका थिए।
‘हामीले सिभिल अस्पतालको आइसियुमा उपचार गराइरहेकी काठमाडौं क्षेत्र नम्बर २ मा पर्ने कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत रेबिका खत्री र उनका परिवारलाई भेट्यौं। शुक्रबारको आन्दोलनमा कामबाट कोठा फर्किंदै गर्दा रेबिका र उनको दाई दुवैलाई गोली लाग्यो। रेबिका गम्भीर अवस्थामा छिन्,’ सांसद गौतमले भनेकी छन्।
रेबिकालाई तिघ्रामा गोली लागेको थियो। उनका दाजुलाई पनि गोलीको छर्रा लागेको प्रहरीले जानकारी दिएको छ।
बाटोमा हिँडिरहेको विद्यार्थीलाई गोली हानिएको भन्दै कोटेश्वर क्याम्पसका विद्यार्थीहरूले मंगलबार प्रदर्शनसमेत गरेका थिए।
‘सार्वजनिक भइरहेका भिडियोमा हामीले सबिन महर्जनलाई सामान्य परिस्थितिमै गोली हानिएको स्पष्ट देखेका छौं। यो सिधा मनोमानी हत्या हो। मनपरी, गैरकानुनी, अमानवीय गोली प्रहार। गोली चलाउने आदेश कसले दियो? जनताको सुरक्षाका लागि होइन, दमनका लागि प्रयोग हुने गृह मन्त्रालय अब स्वीकार्य छैन। निहत्था नागरिकमाथि गोली हान्न आदेश दिने मन्त्रीसँग पदमा रहने नैतिकता बाँकी रहँदैन। गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ,’ उनले भनेकी छन्।
रेबिकाको उपचार निःशुल्क गर्न कुनै कसर बाँकी नराख्न रास्वपा सांसदहरूले आग्रह पनि गरेका छन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया