बिएल संवाददाता
काठमाडौंको तीनकुनेमा शुक्रबार राजावादीहरूको हिंसात्मक प्रदर्शनका क्रममा गोली लागेकी रेबिका खत्रीको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भेटेका छन्।
मंगलबार मीनभवन स्थित सिभिल अस्पताल पुगेर रेविकाको स्वास्थ्य स्थिति बुझ्नुका साथै उनको परिवारलाई भेटेको सांसद सोबिता गौतमले बताइन्।
रेविकालाई भेट्न रास्वपाका सांसद गणेश पराजुली, डा चन्दा कार्की र सांसद गौतम पुगेका थिए।
‘हामीले सिभिल अस्पतालको आइसियुमा उपचार गराइरहेकी काठमाडौं क्षेत्र नम्बर २ मा पर्ने कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत रेबिका खत्री र उनका परिवारलाई भेट्यौं। शुक्रबारको आन्दोलनमा कामबाट कोठा फर्किंदै गर्दा रेबिका र उनको दाई दुवैलाई गोली लाग्यो। रेबिका गम्भीर अवस्थामा छिन्,’ सांसद गौतमले भनेकी छन्।
रेबिकालाई तिघ्रामा गोली लागेको थियो। उनका दाजुलाई पनि गोलीको छर्रा लागेको प्रहरीले जानकारी दिएको छ।
बाटोमा हिँडिरहेको विद्यार्थीलाई गोली हानिएको भन्दै कोटेश्वर क्याम्पसका विद्यार्थीहरूले मंगलबार प्रदर्शनसमेत गरेका थिए।
‘सार्वजनिक भइरहेका भिडियोमा हामीले सबिन महर्जनलाई सामान्य परिस्थितिमै गोली हानिएको स्पष्ट देखेका छौं। यो सिधा मनोमानी हत्या हो। मनपरी, गैरकानुनी, अमानवीय गोली प्रहार। गोली चलाउने आदेश कसले दियो? जनताको सुरक्षाका लागि होइन, दमनका लागि प्रयोग हुने गृह मन्त्रालय अब स्वीकार्य छैन। निहत्था नागरिकमाथि गोली हान्न आदेश दिने मन्त्रीसँग पदमा रहने नैतिकता बाँकी रहँदैन। गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ,’ उनले भनेकी छन्।
रेबिकाको उपचार निःशुल्क गर्न कुनै कसर बाँकी नराख्न रास्वपा सांसदहरूले आग्रह पनि गरेका छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया