बिएल संवाददाता
देशभरका शिक्षकहरूले बुधबारदेखि पुनः काठमाडौंमा आन्दोलन गर्ने भएका छन्। नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेसंगै विभिन्न क्षेत्रबाट शिक्षकहरु काठमाडौं आउने क्रम जारी छ।
गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जाऔँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलन गर्न लागिएको महासंघको भनाइ छ। आन्दोलनमा देशभरका अधिकांश शिक्षक तथा कर्मचारी सहभागी हुने छन्। आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने महासङ्घले जनाएको छ।
आज दिउँसो विभिन्न स्थानबाट ¥यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको छ। अपराह्न ४ बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ। भोलिबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया