बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान पुनः सुरू भएको छ।
फागुन १२ गतेदेखि सुरू भएको जागरण अभियान बीचमा दुई पटक स्थगित गरिएको थियो। बुधबार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बाँकेबाट पुनःअभियान सुरू गरेका हुन्।
अभियान नवलपरासीबाट सुरू गर्ने भनिएको थियो। यद्यपि अनेमसंघ क्रान्तिकारीको लुम्बिनी प्रदेश दोस्रो सम्मेलनको बुधबार उद्घाटनपछि प्रचण्डले जागरण अभियान पनि बाँकेबाटै सुरू हुने बताएका हुन्।
अभियान फागुन २४ गते बारा पुगेर स्थगित भएको थियो। त्यसपछि चैत ६ गते पुनः सुरू भएको जागरण अभियान चैत ११ गते स्थगित भएको थियो।
अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा अभियान सम्पन्न भएको छ।
यो पनि—
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया